Hamro Thakurbaba es una aplicación para Android Nagarpalika Thakurbaba
राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर पाँच (५) बर्दिया जिल्लाको मध्य उत्तर खण्डमा अवस्थित यस नगरपालिकाको पूर्वमा बबर्इ नदी, पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तरमा पनि सोहि राष्ट्रिय निकुञ्ज दक्षिणमा मधुवन नगरपालिका पर्दछ । साविकको ठाकुरद्वारा गा.वि.स.मा रहेको ठाकुरबाबा मन्दिरको नामबाट यस स्थानीय तहको नाम राखिएको हो । यस नगरपालिकाले १०४.५७ वर्ग किलोमीटर क्षेत्रफल ओगटेको छ भने साबिकका चारओटा बगनाह, नेउलापुर, शिवपुर र ठाकुरद्वारा गाउँ विकास समितिलाई गाभेर ९ वटा वार्डमा बिभाजन गरि सेवा प्रवाह गरिएको छ । जनगणना २०६८ अनुसार यस नगरपालिकाको जनसंख्या ४४,३१६ रहेको छ । उक्त जन