An school app for Canal Center Higher Secondary School
लुम्बिनी अञ्चल गजेन्द्र मोक्ष धामको समीप नवलपरासी जिल्लाको राष्ट्रिय स्तरमा वहस हुने ठाउँ सुस्ता जो -कोहिलाइपनी अवगत भएकै हो । यहि चिरपरिचित सुस्ता गा.पा. वार्ड न-०२ महलबारीमा अवस्थित क्यानल सेन्टर इङ्गलिस बोर्डिंग माध्यामिक बिद्यालय यस क्षेत्रका परिचित, जागुरुक अभिभावक तथा शिक्षा प्रेमी महानुभावहरुको पहलवाट २०५२ साल कार्तिक २२ गते स्थापना भएको हो । सुरुमा कक्षा ३ सम्म सन्चालन भएको यस विधालय सानो छाप्रो हुँदै कक्षा ५, ८ र हाल आएर कक्षा १२ सम्मका विद्यार्थीहरु अध्ययन गर्न सक्ने आफ्नो छुट्टै सुविधा सम्पन्न भवन बनाएर अध्यापन गराउन सफल भएको छ । सुरुका समयमा विद्यालय संचालनमा निकै ठुला चुनौती र जिम्मेवारीहरु झेल्दै यो विद्यालय यहाँ सम्म आएको हो । हाल आएर ३० जना शिक्षक तथा कर्मचारीहरुको अथक परिश्रम तथा लगनशिलताले विद्यार्थीहरुको नतिजा अब्बल रहेको कुरा सर्वबिधितै छ । समय समयमा अभिभावक भेला गराई अभिभावकका सल्लाह र सुझावहरुलाई लिंदै बिद्यालय लाई प्रविधिमय बनाउँदै अगाडी बढ्ने सोंच समेत रहेको कुरा जानकारी गराउदछौं । दुर-दराज र नजिकका विद्यार्थीहरुलाई विद्यालय आउनकालागी यातायातको समेत व्यवस्था गरिएको छ । हाल +२ तर्फ व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायमा कक्षा सन्चालन भइरहेको छ । २०६३ सालदेखि प्रवेशिका परिक्षामा समावेश गराइरहेको कुरा पनि जानकारी गराउन चाहन्छौं । प्रत्येक वर्ष प्रवेशिका परिक्षामा विशिष्ट श्रेणी, प्रथम तथा दिर्तिय श्रेणीमा उत्तीर्ण गराई अब्वल दर्जाका नागरिक उत्पादन गर्न यो विद्यालय कोशेढुंगा सावित भएको कुरा समेत जानकारी गराउन चाहन्छौं । यहाँबाट शिक्षित भएका विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती समेत कमाइरहेका छन् ।